Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आत्मघाती बम आक्रमणमा तालिवानी नेताको मृत्यु

    आत्मघाती बम आक्रमणमा तालिवानी नेताको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २७ साउन २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा भएको बम आक्रमणमा एकजना धार्मिक नेताको मृत्यु भएको छ ।

    तालिवानलाई समर्थन गर्दै आएका र महिलालाई पनि शिक्षा दिनुपर्छ भन्ने विचारका पक्षपाती रहेका धार्मिक नेता शेख रहिमुल्लाह हक्कानीको आत्मघाती बम आक्रमणमा मृत्यु भएको हो ।



    तालिवान सुत्रहरूले एकजना पुरुषले कृत्रिम प्लास्टिकको खुट्टा भित्र लुकाइएको बम विस्फोट गराउँदा उनको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सलाई बताएका छन् ।



    यस हत्याका जिम्मेवार यकिन भइसकेको छैन । तर, हक्कानीमाथि यसअघि पनि इस्लामिक स्टेट ९आईएस० समूहले आक्रमण गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार