Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • काबुलको व्यस्त किनमेल सडकमा बम बिस्फोट : ८ जनाको मृत्यु, २२ घाइते

    काबुलको व्यस्त किनमेल सडकमा बम बिस्फोट : ८ जनाको मृत्यु, २२ घाइते

    अनलाइन नेपाल
  • आइतबार, २२ साउन २०७९
  • 948
    SHARES

    फाइल तस्विर

    एजेन्सी । अफगानिस्तानको राजधानी काबुलको व्यस्त किनमेल सडकमा शनिबार भएको बम विस्फोट भएको छ ।

    विस्फोटमा परेर कम्तीमा आठ जनाको मृत्युभएको छ भने २२ जना घाइते भएका छन् । अल्पसंख्यक शिया मुस्लिम समुदायका सदस्यहरू नियमित भेला हुने सहरको पश्चिमी जिल्लामा बम विस्फोट भएको थियो ।



    सुन्नी मुस्लिम आतंकवादी समूह इस्लामिक स्टेटले आक्रमणको जिम्मेवारी लिएको छ । विस्फोटमा कम्तीमा ८ जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएका अस्पतालका एक वरिष्ठ अधिकारीले बताएका छन् ।



    अनलाइन पोस्ट गरिएको भिडियो फुटेजमा एम्बुलेन्सहरू घटनास्थलमा कुदिरहेको देख्न सकिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार