Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सुलेमानीको चिहान नजिक विस्फोट : मृतकको संख्या एक सय नाघ्यो

    सुलेमानीको चिहान नजिक विस्फोट : मृतकको संख्या एक सय नाघ्यो

    अनलाइन नेपाल
  • बिहिबार, १९ पुष २०८०
  • 924
    SHARES

    एजेन्सी । इरानमा लगातार दुई वटा बम विस्फोट हुँदा एक सय भन्दा बढीको मृत्यु भएको छ ।

    सन् २०२० को जनवरी ३ मा बग्दानमा ड्रोन आक्रमणमा मारिएका सैनिक जनरल कासिम सुलेमानीको सम्झनामा आयोजना गरिएको कार्यक्रमलाई लक्षित गरेर विस्फोट भएको थियो ।



    कार्यक्रम सुलेमानीको कब्रस्तान (चिहान) नजिक भएको हो । घटनामा २ सय भन्दा बढी घाइते भएका छन् ।



    यद्यपी विस्फोटको कारणबारे भने केही खुल्न सकेको छैन । घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार