Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • काठमाडौंको अमेरिकी दूतावास नजिकै बम विस्फोट

    काठमाडौंको अमेरिकी दूतावास नजिकै बम विस्फोट

    अनलाइन नेपाल
  • मंगलबार, २ असोज २०८०
  • 3K
    SHARES

    काठमाडौं । काठमाडौंको अमेरिकी दूतावास नजिकै बम विस्फोट भएको छ । केहीबेरअघि शंकास्पद रुपमा फेला परेको वस्तु डिस्पोज गर्ने क्रममा विस्फोट भएको हो ।

    महाराजगन्ज चोकमै फेला परेको शंकास्पद वस्तु डिस्पोज गर्ने क्रममा विस्फोट भएको थियो । विस्फोट भएको क्षेत्रबाट नजिकै अमेरिकी दूतावास र प्रहरी चौकी रहेको छ ।



    बेवारिसे अवस्थामा झोलामा शंकास्पद वस्तु भेटिएपछि सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको थियो ।



    महाराजगन्ज चोकस्थित बूढानीलकण्ठ जाने बाटोतर्फको सडकपेटीमा झोलामा राखिएको शंकास्पद वस्तु फेला परेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार