Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • पाकिस्तानको मस्जिदमा विस्फोट : मृत्यु हुनेको संख्या ९० पुग्यो

    पाकिस्तानको मस्जिदमा विस्फोट : मृत्यु हुनेको संख्या ९० पुग्यो

    अनलाइन नेपाल
  • मंगलबार, १७ माघ २०७९
  • 939
    SHARES

    एजेन्सी । पाकिस्तानको पेशावरमा रहेको एक मस्जिदमा बिस्फोट हुँदा मृत्यु हुनेको संख्या हालसम्म ९० पुगेको छ ।

    घटनामा परी १५० भन्दा बढी मानिसहरु घाइते भएका छन् ।



    प्रान्तीय राजधानी पेशावरमा सोमबार दिउँसोको प्रार्थनाको समयमा आक्रमण भएको थियो। अफगान सीमासँग जोडिएका क्षेत्रहरुमा आक्रमणहरु लगातार बढिरहेका छन्।



    मस्जिद भवनको एउटा खण्ड ध्वस्त भएको छ भने सरकारी अधिकारीहरूले मानिसहरू भग्नावशेषमा पुरिएको बताएका छन् ।

    मृत्युमध्ये अधिकांश प्रहरी बलका सदस्यहरू रहेका छन् । बम आक्रमण नै उनीहरूमाथि लक्षित रहेको विश्वास गरिएको छ ।

    यद्यपि उक्त विस्फोट आत्मघाती हमला थियो कि बम आक्रमण थियो भन्नेबारे पनि यकिन भएको छैन । यसबारे अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार