Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेपाल टेलिकमको टावरमा शक्तिशाली प्रेसरकुकर बम विस्फोट

    नेपाल टेलिकमको टावरमा शक्तिशाली प्रेसरकुकर बम विस्फोट

    अनलाइन नेपाल
  • शुक्रबार, २ चैत्र २०८०
  • 6K
    SHARES

    फाइल तस्विर

    सिन्धुली । सिन्धुलीमा शक्तिशाली प्रेसरकुकर बम विस्फोट भएको छ । सुनकोशी गाउँपालिका १ दुम्जा स्थित नेपाल टेलिकमको टावरमा कुकर बम विस्फोट भएको हो । 

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बम विस्फोटबाट दुम्जामा रहेको विपी पार्क नजिकै रहेको टेलिकमको टावर तथा घरमा क्षति पुगेको छ ।



    उक्त स्थानमा शुक्रबार बिहान करिव ३ बजे बम विस्फोट भएको सिन्धुली प्रहरीले जनाएको छ ।



    विस्फोट कसले गराएको भन्ने पुष्टि नभए पनि घटना स्थलमा पिपुल विब्रेसन आर्मी लेखेको जनमुक्ती सेना लेखेको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।

    विस्फोट स्थलमा दुईवटा प्रेटोलको बोटलसमेत फेला पारिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार