Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • काबुलमा बम विष्फोट : २० जनाको मृत्यु, ४० घाइते

    काबुलमा बम विष्फोट : २० जनाको मृत्यु, ४० घाइते

    अनलाइन नेपाल
  • बिहिबार, २ भाद्र २०७९
  • 741
    SHARES

    फाइल तस्विर

    एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा शक्तिशाली विष्फोट भएको छ ।

    बुधबार साँझ प्रार्थनाको समयमा काबुलस्थित एक मस्जिदमा विष्फोटमा परी २० जनाको मृत्यु भएको छ । भने अन्य ४० जना घाइते भएको बताइएको छ ।



    काबुलको खैरखाना क्षेत्रमा रहेको अबुबकिर सेदिक मस्जिदमा बुधबार साँझ नमाजको समयमा शक्तिशाली विस्फोट भएको थियो। उक्त घटनाको जिम्मा अहिलेसम्म कसैले नलिएको अधिकारीहरुले जानकारी दिएका छन्।



    पछिल्लो हप्ता काबुलमा भएको एक आक्रमणमा तालिबान समर्थक मौलाना शेख रहिमुल्ला हक्कानीको मृत्यु भएको थियो। उक्त आक्रमणको जिम्मेवारी इस्लामिक स्टेटले लिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार