Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेनको परमाणु उर्जा केन्द्रमा गोलाबारीपछि संयुक्त राष्ट्रसंघको चेतावनी

एजेन्सी । युक्रेनको जापोरेज्हिया परमाणु उर्जा केन्द्रमा गोलाबारी भएको छ । युक्रेन र रुसले एकअर्कामाथि आक्रमणको आरोप लगाएका छन् ।

युरोपकै ठूलो परमाणु उर्जा केन्द्रको कार्यालय र अग्नि केन्द्रमा बिहीबार १० पटक गोलाबारी भएको दुवै पक्षको भनाइ छ ।
अवस्थाबारे छलफल गर्नका लागि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठक बस्ने भएको छ ।

संयुक्त राष्ट्रसंघका परमाणु अनुगमन निकायका प्रमुख राफाएल ग्रोसीले परमाणु उर्जा केन्द्रमा भएको आक्रमणलाई ‘गम्भीर’ भनेका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले पनि परमाणु उर्जा केन्द्रमा भएको आक्रमणले विपदको अवस्था ल्याउन सक्ने उल्लेख गरेका छन्। रुसले विश्वकै गम्भीर परमाणु दुर्घटना निम्त्याउन सक्ने चेतावनी युक्रेनले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077