Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चुनावकै दिन फिफा विश्वकपको उद्घाटन हुने निश्चित

एजेन्सी । फिफा विश्वकप फुटबलको उद्घाटन र पहिलो खेल निर्धारित मितिभन्दा एक दिन अगाडि हुने निश्चित भएको छ ।

विश्वकपको पहिलो दिन नोभेम्बर २० मा कतार र इक्वेडरबीचको खेल हुने फिफाले आधिकारिक रुपमा जानकारी दिएको छ।

यसअघि कतार फुटबलले यसअघि २१ नोभेम्बरमा उद्घाटन र त्यससम्बन्धी खेल हुनेगरी तालिका तय गरेको थियो । उद्घाटनको दिन अन्य खेलहरु पनि हुने तालिका रहेका कारण कतारले २० नोमेम्बरमा खेल गर्ने भएको हो ।

सामान्यतया प्रतियोगिताको पहिलो खेलको किक अफ हुनुअघि उद्घाटन समारोह गरिन्छ । नोमेम्बर २१ तारिखमा सेनेगल र नेदरल्यान्ड्सबीचको समूह ‘ए’को खेल र समूह ‘बी’को इल्यान्ड र इरानबीचको खेल हुनेछ ।

एक दिन पहिले आयोजना गर्नका लागि फिफाका छ वटा क्षेत्रीय कन्फेडेरेसनका प्रमुख र अध्यक्ष जियानी इन्फान्टिनोले मतदान गर्नुपर्ने थियो । त्यसमा कतारले अनुमती पाएको हो । विश्वकपको पहिलो दिनमा अर्थात मंसिर ४ गते नै नेपालमा आम चुनाव हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077