Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चुनावी भागवण्डाबारे छलफल गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको हो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जापान भ्रमण, चुनावी तयारी र सत्ता गठबन्धनबीच चुनावी भागवण्डाको विषयमा छलफल भइरहेको छ ।

सत्ता गठबन्धनलाई चुनावी भागबण्डामा सहमति जुटाउन सकस परिरहेको छ ।

गठबन्धनको कार्यदलले खोजेको सहमतिका आधारबारे दलहरुमा आन्तरिक छलफल सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077