Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको हो । बैठकका लागि विभिन्न आठबुँदे सम्भावित कार्यसूची तय गरिएको संसद् सचिवालयले जनाएको छ ।

सम्भावित कार्यसूची अनुसार अर्थमन्त्री जनार्दन शर्माले ‘अर्थ समितिको प्रतिवेदनसहितको बीमा विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।

अर्थमन्त्री शर्माले नै ‘बीमा विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने, ‘अर्थ समितिको प्रतिवेदनसहितको सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

सम्भावित कार्यसूचीमा राष्ट्रिय सभाको सन्देशसहितको ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात ९व्यवस्थापन० प्राधिकरण विधेयक, २०७६’ को दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने उल्लेख छ ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले राष्ट्रिय सभाको सन्देश सहितको ‘स्टान्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७८ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077