Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रहरी समायोजनको माग गर्दै धर्नामा बस्दै मधेशका गृहमन्त्री साह

काठमाडौं । मधेश प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरत साह संघीय सरकारविरुद्ध आज आइतबारदेखि धर्नामा बस्ने भएका छन् ।

सङ्घीय सरकारले समयमा प्रहरी समायोजन नगरेको भन्दै गृहमन्त्री साह एक हप्ताका लागि प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिन लागेका हुन् ।

दैनिक दुई घण्टा हुने धर्नामा प्रदेशका मन्त्री, सांसद र नागरिक समाजको सहभागिता रहने बताइएको छ ।

प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न प्रधानमन्त्रीलाई भेटेरै आग्रह गरेको र यसअघि अल्टिमेटम दिँदै ज्ञापन पठाउँदा समेत ध्यान नदिएपछि अब प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिने मन्त्री साहले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077