Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बहिनीको प्रेमीको हत्या गर्ने २ जना पक्राउ

वीरगञ्ज । बहिनीको प्रेमीको हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराको बिश्रामपुर गाउँपालिका वडा नं.५ का ३० वर्षका प्रितम पटेल र उनका भाइ २८ वर्षका उत्तम पटेल रहेका छन् ।

उनीहरूले आफ्नी बहिनीसँग प्रेम सम्बन्ध रहेको भन्दै छिमेकका २३ वर्षका राजकुमार ठाकुरको हत्या गरेको बताइएको छ ।

ठाकुरलाई वीरगञ्ज महानगरपालिका १६ नगवामा रहेको आफूहरूको टेलरमा लगेर हत्या गरेको स्वीकारेका प्रहरीले जनाएको छ ।

२४ गते ट्युसन पढ्न हिँडेका राजकुमार वेपत्ता भएको भन्दै उनका बाबुले उजुरी दिएपछि खोजतलासका क्रममा पटेल दाजुभाइमाथि शंका लागेर सोधपुछ गर्दा उनीहरुले हत्यापछि शवलाई बोराभित्र राखी भारतको रक्सौल रेल्वे स्टेशनमा पुर्‍याएर त्यहाँ रोकी राखेको मुजफ्फरपुर जाने रेलको शौचालय छेउको खाली ठाउँमा छाडेको बयान दिएका थिए ।

थप अनुसन्धान भइरहेको वीरगञ्ज प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077