Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

झापा, मोरङ र सुनसरी क्षेत्रमा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाठौं । गएराति झापा र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ ।

झापाको शनिश्चरे, दमक, कन्काई, मोरङको लेटाङ, सुनसरीको इटहरी, सप्तरीको फत्तेपुर लगायत क्षेत्रको धेरै स्थानमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले सो जिल्ला भई बहने ससाना नदीमा आकस्मिक बहाव हुन सक्ने भन्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

यस्तै देशका धेरै स्थानमा आज पनि वर्षाको सम्भावना छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदरस्थान भन्दा दक्षिणमा रहेको विभागको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077