Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

योगेश भट्टराई भन्छन् - राष्ट्रपतिको कदमलाई लिएर मुलुकलाई बिभाजित गर्न खोज्नु ठूलो भुल हुनेछ

काठमाडौं । एमाले सचिव एवम् सांसद योगेश भट्टराईले ‘नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९’को विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई राजनीतिक रङ्ग दिएर मुलुकलाई विभाजित गर्न खोज्नु ठूलो भुल हुने टिप्पणी गरेका छन् ।

सोमबार बिहान समाजिक सञ्जालमार्फत सचिव भट्टराईले राष्ट्रपतिले नेपालको हितमा आफ्नो कर्तब्य र दायित्व निर्बाह गरेको बताएका हुन् ।

उनले लेखेका छन् 'संबिधानले सबैको सीमा, कर्तब्य र अधिकार तोकिदिएको छ । नागरिकता बिधेयकका सन्दर्भमा संबिधानको धारा ११३ ले प्रदान गरेको अधिकारका आधारमा राष्ट्रपतिले नेपालको हितमा आफ्नो कर्तब्य र दायित्व निर्बाह गर्नु भएको छ । राष्ट्रपतिको यो कदमलाई राजनीतिक रङ्ग दिएर मुलुकलाई बिभाजित गर्नखोज्नु ठूलो भुल हुनेछ ।'

भट्टराईले राष्ट्रपतिद्वारा उठाइएका सवालमा राष्ट्रिय सहमति जुटाउने प्रमुख दायित्व सत्तारुढ गठबन्धनको भएपनि एमालेले बिनासर्त भूमिका खेल्ने बताएका छन् ।

'राष्ट्रपतिद्वारा उठाइएका सवालमा राष्ट्रिय सहमति जुटाउने प्रमुख दायित्व सत्तारुढ गठबन्धनको हो यसमा एमालेले बिनासर्त भूमिका खेल्ने छ । संघीय संसदमा फर्किएको नागरिकता बिधेयकलाई राष्ट्रपतीद्वारा उल्लेख गरिएका सवालमा सहमति निर्माण गर्ने दायीत्व सभामुख र राष्ट्रियसभाका अध्यक्षको पनि हो । उहाँहरुबाट यो भूमिकाको अपेक्षा गरिन्छ । चुच्चे नक्शामा रस्ट्रिय सहमति जुटेको संसदमा नागरिकता विधेयकमा नजुटने सवालै छैन । खाँचो सकारात्मक पहलको मात्र छ,' सचिव भट्टराईले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077