Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नागरिकता विधेयक फिर्ता गरेको भन्दै राष्ट्रपतिलाई महाभियोग लगाउन तरुण दलको माग

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा मागेको छ।

नागरिकता विधेयक संसदमा फिर्ता गरेको भन्दै तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा नदिए महाअभियोग लगाएर भए पनि पदच्युत गर्नुपर्ने तरुण दलले माग गरेको हो।

तरुण दलका अध्यक्ष विद्वान गुरुङले प्रेस विज्ञप्ति जारी गर्दै नागरिकता विधेयक फिर्ता गरेर राष्ट्रपतिले जनतामाथि खेलबाड गरेको भन्दै राजीनामा माग माग्दै राजीनामा नदिए महाअभियोग लगाउनुपर्ने माग गरेका हुन्।

राष्ट्रपतिले सीमित राजनीतिक पार्टीको चौघेरामा बसेर पदको मर्यादा काम गर्न नसकेको आरोप उसको आरोप छ। राष्ट्रपतिले हिजो संसदका दुबै सदनले पास गरेको नागरिकता विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाइ दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077