बर्दिया । बलात्कार मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको टोलीले बर्दिया गुलरिया नगरपालिका–१० बस्ने कधही चमारलाई सोमबार पक्राउ गरेको हो ।
चमारविरुद्ध बर्दिया जिल्ला अदालतको मिति २०७८ असार २९ गतेको फैसला आदेशले अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा ८ वर्ष कैद सजाय तोकिएको थियो ।
चमारलाई आवश्यक कारबाहीको लागि प्रहरीले बर्दिया जिल्ला अदालत गुलरियामा बुझाएको छ ।