Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल समाजवादी पार्टीका नेता खतिवडाले छाडे बाबुरामको साथ

काठमाडौं । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेता डम्बर खतिवडाले पार्टीको साधारण सदस्य त्यागेको घोषणा गरेका छन् ।

नेता खतिवडाले बुधबार बिहान एक ट्वीट सन्देशमार्फत् पार्टी परित्यागको घोषणा गरेका हुन् ।

पछिल्लो समय जनता समाजवादी पार्टी विभाजनको बेला अध्यक्ष उपेन्द्र यादवको साथ छाडेर खतिवडा नवगठित नेपाल समाजवादी पार्टीतिर लागेका थिए ।

एक दशक अगाडिदेखि वैकल्पिक राजनीतिको बहसमा सहभागी खतिवडा ७ वर्षअघि डा बाबुराम भट्टराई नेतृत्वमा बनेको नयाँ शक्तिको सुरुवाती ३५ सदस्यीय केन्द्रीय समितिका सदस्य बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077