Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पशु स्वास्थ्यसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं ।प्रतिनिधिसभाको आजको बैठकले ‘पशु स्वास्थ्य तथा पशुसेवा परिषद् विधेयक, २०७९ बहुमतले पारित गरेको छ।

मंगलबारको बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्रकुमार सिंहले यो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

जसलाई प्रतिनिधिसभाले बहुमतले पारित गरेको हो । पारित विधेयक अब राष्ट्रिय सभामा पेश हुनेछ र राष्ट्रिय सभाले पनि दफावार छलफल सहित पारित गरेर पुनः प्रतिनिधिसभामा पठाउँछ ।

राष्ट्रिय सभाले पारित गरेर पठाएपछि प्रतिनिधिसभा स्वीकार गरी सभामुखले प्रमाणीकरण गरेर राष्ट्रपतिसमक्ष पठाउनेछन् ।

पारित हुनुअघि कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले पेश गरेको उक्त विधेयकको प्रतिवेदनमाथि छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077