Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बर्दिया राष्ट्रिय निकुञ्जबाट हतियारसहित सिकारी पक्राउ

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जबाट नेपाली सेनाको गस्ती टोलीले एक सिकारीलाई पक्राउ गरेको छ ।

पक्राउ सिकारीबाट दुई नाले १२ बोरका बन्दुक १ थान, ३०३ थ्रीनट थ्रीका ४ थान गोली, ओएफभि ए ७ को ६० राउन्ड गोली, १२ बोरको ८ थान कार्तुस, छर्रा २१ थान, पटका २१ रोल, सुकुटी ४ सय ग्रामलगायत बरामद गरिएको हो ।

त्यस्तै मोटरसाइकल १, मोबाइल ३ थान छालासहित काँचो मासु ७ सय ग्राम पनि बरामद गरिएको छ ।

निकुञ्जमा राखिएको स्वचालित क्यामेराको सहयोगमा उनलाई पक्राउ गरिएको निकुञ्ज प्रशासनले जनाएको छ ।

अनुसन्धानमा प्रभाव पर्ने भएकोले पक्राउ गरिएका नाम सार्वजनिक नगरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077