Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हर्क साम्पाङले खुमलटार पुगेर भेटे प्रचण्डलाई

काठमाडौं । धरानका मेयर हर्क साम्पाङले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् ।

धरानको खानेपानी समस्या समाधानका लागि संघीय सरकारसँग छलफल गर्न काठमाडौं आएका मेयर साम्पाङले मंगलवार माओवादी अध्यक्ष प्रचण्डसँग उनकै निवास खुमलटारमा भेट गरेका हुन् ।

मेयर साम्पाङ र प्रचण्डबीच धरानका उपमेयर आईन्द्रविक्रम बेघाको संयोजनमा भेट भएको बताइएको छ ।

बेघा नेकपा माओवादी केन्द्रबाट उपमेयरमा निर्वाचित भएका थिए । भेटमा समसामयिक राजनीतिका साथै विकासका विभिन्न पक्षका बारेमा कुराकानी भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077