Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै, यस्ता छन् एजेन्डा

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दैछ ।

बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ८ बजे बस्न लागेको हो ।

बैठकमा आउँदो मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारी, पदाधिकारी चयन, स्थायी समितिलाई पूर्णता दिने लगायतका छलफल हुने नेताहरूले बताएका छन् ।

माओवादी केन्द्रले निर्वाचनको लागि घोषणापत्र तयार गर्न नेपाल समाजवादी पार्टीका नेतासहितको एक समिति बनाउने तयारी गरिरहेको छ। यस विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077