Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

क्रिमियाको हतियार भण्डारण केन्द्रमा ठूलो विस्फोट

एजेन्सी । रुसले कब्जा गरेको क्रिमियाकोअर्को हतियार भण्डारण केन्द्रमा पनि ठूलो विस्फोट भएको छ ।

क्रिमियामा रहेको रुसी सैन्य आधार शिविरमा युक्रेनी आक्रमण भएको एक सातापछि अर्को सैन्य केन्द्रमा रहेको हतियार भण्डारण केन्द्रमा श्रृंखलाबद्ध विस्फोट भएको हो ।

सामाजिक सञ्जालमा शेयर भएका भिडियोमा हतियार भण्डारण केन्द्रमा निकै बेरसम्म कैयौँ विस्फोट भएको थियो। गत हप्ता क्रिमियाको तटमा रहेको ‘ब्ल्याक सी बेस’मा रुसी लडाकु विमान ध्वस्त भएका थिए।

रुसले यो विष्फोट युक्रेनले गराएको आरोप लगाएको छ। तर युक्रेनले यो आक्रमणलाई सार्वजनिक रूपमा स्वीकार गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077