Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

माओवादी स्थायी कमिटी बैठक सर्‍यो, अब दिउँसो १ बजे बस्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सरेको छ। बुधबार बिहान ८ बजेका लागि बोलाइएको बैठक सरेको हो ।

बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

आजको बैठकमा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचनमा प्रतिष्पर्धा गर्ने नेपाल समाजवादी पार्टी र राष्ट्रिय एकता अभियानले राखेका शर्तहरुको बारेमा छलफल हुने बताइएको छ।

साथै आगामी निर्वाचन र समसायीक राजनीतिसक विषयका बारेमा पनि छलफल हुनेछ। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक मंगलबार पनि बसेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077