Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादीलाई रायमाझीको प्रश्न - पुँजीवादको वकालत गर्ने कांग्रेससंग एजेण्डा कसरी मिल्यो ?

रोल्पा । नेकपा एमालेका सचिव टोपवहादुर रायमाझीले एमालेबाहेक कुनै पनि दलले आफ्नो एजेण्डा लिएर चुनावमा जान नसकेको टिप्पणी गरेका छन् ।

बुधबार रोल्पामा आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको सत्तारुढ गठबन्धनलाई एजेण्डाविहीनहरुको गठजोड भएको आरोप लगाएका हुन् ।

रायमाझीले, ‘दलाल पुँजीवादको वकालत गर्ने नेपाली कांग्रेससंग समाजवादी भन्ने माओवादीहरुको एजेण्डा कसरी मिल्यो।’

अहिले तत्कालका लागि नेकपा एमालेलाई केही अप्ठेरोमा परेको जस्तो देखिए पनि यसले कालान्तरमा फाइदा पुग्ने उनले दावी गरे ।

आफूहरु नेकपाको निरन्तरको रुपमा रहेको नेकपा एमालेमा रहेको बताउदै केही व्यक्तिहरु पार्टी छोडेर बाहिरिएको बताए । पार्टी छाडेर गएकाहरु पनि मूल पार्टीमा फर्किने तयारीमा रहेको सचिव रायमाझीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077