Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

दार्चुला । दार्चुलामा जिप दुद्र्धटना हुदा ५ जनाको मृत्यु भएको छ ।

गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगातर्फ गइरहेको से १ज ५५१ नम्बरको जिप दुर्घटना भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा ४ जना पुरुष र एक १ महिला रहेका छन्। अन्य दुई जना पुरुष, ३ जना महिला र चालक पनि घाइते भएका छन्।

घाइतेहरुलाई उपचारका लागि गोकुलेश्वर अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले बताएको छ। जीप सडकबाट करिब २५० मिटर तल खसेको छ।

प्रहरीको टोली भरखरै दुर्घटनास्थल पुगेको र विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077