Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • दाउराको चिर्पट प्रहार गरी एक जनाको हत्या : एकजना पक्राउ, दुई फरार

    दाउराको चिर्पट प्रहार गरी एक जनाको हत्या : एकजना पक्राउ, दुई फरार

    अनलाइन नेपाल
  • बुधबार, १ भाद्र २०७९
  • 789
    SHARES

    फाइल तस्विर

    बाँके । बाँकेमा दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । जिल्लाको जानकी गाउँपालिका ६ पिप्रहवाका शिब लोनिया हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने ५१ वर्षीय सुकलाल लोनिया पक्राउ परेका हुन् ।

    कोहलपुर नगरपालिका ७ स्थित रजगरुवा जंगलमा दाउरा काट्न गएको अवस्थामा सुकलाल, भोजु लोनिया र पप्पु लोनियाले शिबलाई दाउराको चिर्पटले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।



    ईलाका प्रहरी कार्यालय कोहलपुर र प्रहरी चौकी गनापुरबाट खटिएको प्रहरीले घटनामा संलग्न सुकलाललाई नेपालगंज उपमहानगरपालिका १० चारबाहिनी चोकबाट पक्राउ परेको हो ।



    घटनामा संलग्न हाल फरार अन्य २ जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार