Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रचण्डका घरबेटी अधिकारीको कम्पनी शैलुङ कन्स्ट्रक्सन कालोसूचीमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी ठेकेदार शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालि कालोसूचीमा पर्ने भएको छ ।

ललितपुर जिल्ला अदालतले सडक विभागको निर्णय कार्यान्वयनका लागि फुकुवा गरेसँगै सो कम्पनी कालोसूचीमा पर्ने भएको हो ।

जिल्ला न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेश खारेज गरेसँगै सडक विभागको निर्णय कार्यान्वयन फुकुवा भएको हो ।

यसअघि ललितपुर अदालतले कन्स्ट्रक्सन कम्पनी प्रालिलाई कालोसूचीमा नराख्न भन्दै अल्पकालीन अन्तरिम आदेश दिँदै दुवै पक्षलाई छलफलमा बोलाएको थियो ।

ठेकेदार अधिकारीले सम्झौताअनुसार समयमा सडकको काम नगरेपछि सडक विभागले उनको कम्पनी शैलुङलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको थियो । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077