Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

शिक्षा तथा मानवस्रोत विकास केन्द्रको मुल गेटमा तालाबन्दी

काठमाडौं । शिक्षा तथा मानवस्रोत विकास केन्द्रको मुल गेटमा विद्यालय कर्मचारीहरूले ताला लगाएका छन् । विभिन्न माग अघि सारेर आन्दोलन गर्दै आएका उनीहरूले बिहीबार केन्द्रको मुल गेटमा ताला लगाएका हुन् ।

यसअघि बुधबार उनीहरूले केन्द्रमा धर्ना र कोणसभाको आयोजना गरेका थिए । कोणसभापछि बोल्दै परिषद् अध्यक्ष गंगाराम तिवारीले पटक पटकको माग राज्यले सुनुवाई नगरेकाले बाध्य भएर आन्दोलनमा होमिनुपरेको बताएका थिए ।

पूर्वनिर्धारित कार्यक्रमपछि आन्दोलनका थप कार्यक्रम तय गर्न अहिले परिषद्को बैठक बसिरहेको छ । विद्यालय कर्मचारीहरूले पूर्ण सेवा सुविधाको ग्यारेन्टी गरिनुपर्ने लगायतमा विभिन्न माग अघि सारेर आन्दोलन गर्दै आएका छन् । विद्यालय कर्मचारी सहायक (लेखापाल) को तलब ३६ हजार ७३० हुनुपर्ने, विद्यालय सहयोगीहरूको तलब २६ हजार २१० रुपैयाँ हुनुपर्ने माग अघि सारेका छन् ।

त्यस्तै संघीय शिक्षा ऐन÷शिक्षा ऐन, २०२८ को संशोधनमा प्रबन्ध गरिनुपर्ने, सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूलाई दरबन्दीमा समायोजन गरी एक पटकका लागि प्रक्रिया पु¥याई स्वतः स्थायी प्रक्रियामा लगिनुपर्ने माग राखेका छन् ।

नयाँ आर्थिक वर्षमा सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरिए पनि विद्यालयमा कार्यरत ४० हजारभन्दा बढी कार्यालय सहयोगी र लेखापालको तलब वृद्धि नगरिएपछि उनीहरु पूर्ण सेवा सुविधाको ग्यारेन्टीसहित आन्दोलनमा उत्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077