Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

बलात्कारको आरोप लागेका निवर्तमान क्याम्पस प्रमुख नेगी कारागार चलान

बैतडी । बलात्कारको आरोप लागेका निवर्तमान क्याम्पस प्रमुखलाइ कारागार चलान गरिएको छ ।

बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राजेन्द्र नेगीलाई जिल्ला अदालत बैतडीले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।

कैलाली घर भइ पुर्चौडीमा मजदुरी गर्दै आएकी महिलाले गत असार २० गते पानी माग्ने निहुँमा आफूलाई नेगीले जबरजस्तीकरणी गरको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी थिइन्।

सोही जाहेरीको आधारमा निवर्तमान क्याम्पस प्रमुख नेगी साउन १ गते पक्राउ परेका थिए। क्याम्पस प्रमुख पदको जिम्मेवारीमा रहेका नेगीले बलात्कारको आरोप लागेपछि असार २७ गते क्याम्पस प्रमुख पदबाट राजीनामा दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077