Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

जबरजस्ती करणी मुद्दाका फरार भण्डारी सल्लाघारीबाट पक्राउ

काठमाडौं । प्रहरीले जबरजस्ती करणी मुद्दाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका-८ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका-५ सल्लाघारी बस्‍ने ४४ वर्षीय पदमध्वज भण्डारी रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सल्लाघारीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई आवश्यक कारबाहीको लागि निल्ला प्रहरी कार्यालय चितवन पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077