काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले नागरिकता विधेयक छलफलबाट पारित गर्नुपर्ने बताएका छन् ।
संसदमा नागरिकता विधेयकमाथि छलफलमा भाग लिदै सांसद बाँस्कोटाले जबरजस्ती नागरिकता विधेयक पारित गर्न नहुने बताएका हुन् ।
नागरिकताको विषय सस्तो बनाउन नहुने उनको भनाइ छ। हतार हतारमा नागरिकता विधेयक पार गर्न नहुने बताए ।
उनले भने, ‘सत्ता पक्षको गठबन्धनको गलपासोका रुपमा नागरिकता विधेयकलाई त्यहाँ पिस्ने र देशलाई विभाजन गर्ने खालको हुनुहुँदैन ।'
देशलाई दुरगामी असर पर्ने गरी नागरिकता विधेयक आउन नहुने बताए । व्यापक छलफलसहित सहमति कायम गरेर मात्रै नागरिकता विधेयक पास गर्नुपर्ने बताए ।