Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

अपहरण गरेर ७ लाख फिरौती माग्ने ६ जना पक्राउ

दाङ । एक व्यक्तिलाई अपहरण गरेर ७ लाख फिरौती माग्ने ६ जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंबाट दैलेख जाँदै गरेका केशवकुमार विकलाई फेसबुकमा चिजान भएकी निर्मलाले बुटवलमा झर्न भनेर अपहरण गरेको अभियोग ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दाङ बबई गाउँपालिका–३ का ३५ वर्षीय लिलाराम विक, नेपबहादुर घर्ति तुलसीपुर उपमहानरपालिका–४ का २५ वर्षीय, सुकलाल विक, कपिलवस्तु शिवराज महानरपालिका–९ का २० वर्षीय मनोज थारु, प्युठान गौमुखी गाउँपालिका–७ का स्करपियो चालक जनक कुँवर र तुलसीपुर उमहानरपालिका–७ की २६ वर्षीया निर्मला विश्वकर्मा छन् ।

निर्मला र केशवकुमारको फेसबुकमा चिनजान भएको उनले बुटवलबाट स्करपियोमा राखेर तुलसीपुर उपमहानरपालिका–५ सल्यानरोडमा रहेको एउटा होटलको १०६ नम्बर कोठामा बन्दक बनाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077