Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुक्रबार बिहानसम्मका लागि स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ ।

बिहीबार बिहान ९ बजेका लागि बोलाएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित गरेर दिउँसो ४ बजेका लागि बोलाइएको थियो ।

पुनः ६ बजेका लागि बोलाएको बैठक शुक्रबार बिहान ८:३० बजेसम्मका लागि स्थगित भएको हो । शुक्रबार ८ बजेका लागि बोलाइएको माओवादी स्थायी कमिटीको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीको नाम प्रस्ताव गर्ने छन् ।

बैठकमा अध्यक्ष प्रचण्डले नेता जनार्दन शर्मा र वर्षमान पुनबीचको प्रतिस्पर्धाबाट महासचिवमा अर्का नेता देव गुरुङको प्रस्ताव गर्ने जनाइएको छ ।​

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077