Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

फौजको रुपमा प्रस्तुत हुन वाईसीएललाई प्रचण्डको निर्देशन

काठमाडौं नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको भ्रातृ संगठन वाईसीएललाई फौजको रुपमा प्रस्तुत हुन निर्देशन दिएका छन् । 

काठमाडौंमा शुक्रबार योङ कम्युनिष्ट लीग (वाईसीएल)को दोस्रो भेलालाई सम्बोधन गर्दै प्रचण्डले वाईसीएल शान्ति पूर्ण आन्दोलनमा फौजको रुपमा प्रस्तुत हुन निर्देशन दिएका हुन् ।

देशको राजनीतिलाई सही दिशासमा अगाडि बढाउन युवाको भूमिका अग्रणी हुने भन्दै उनले यसमा लाग्न पनि निर्देशन दिए ।

क्रान्ति नदोहोरिन भएकाले परिमार्जित र विकसित रुपमा संघर्ष गर्नुपर्ने भन्दै उनले अझै पनि शोषण र उत्पीडन अन्त्यका लागि काम गर्नुपर्ने अवस्था रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077