Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतमा १५ हजार सात सय बढी कोरोना सङ्क्रमित थपिए, थप ३० जनाको मृत्यु

काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा थप १५ हजार सात सय ५४ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको छ ।

यसैसँगै भारतमा चार करोड ४३ लाख १४ हजार छ सय १८ जना कोरोना भाइरस सङ्क्रमित भइसकेका छन् । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख एक हजार ३० जना रहेका छन् ।

गत २४ घण्टाको समय अवधीमा कोरोना सङ्क्रमणबाट यहाँ ३० जनाको मृत्यु भएको छ । नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077