Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यी आठ जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं । पछिल्लो एक घन्टादेखि देशका केहि क्षेत्रमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

सिन्धुली, मकवानपुर, चितवन, गोरखा, नवलपरासी, दाङ, कैलाली, डडेलधुरासहितका क्षेत्रमा भारी वर्षा भएको छ । विभागका अनुसार दिउँसो ३ देखि ४ बजेको अवधिमा १० मिमिभन्दा बढी वर्षा भएको छ ।

ती क्षेत्रमा थप वर्षा हुनसक्ने देखिएको, उक्त जिल्ला भई बहने साना नदीमा आकस्मिक बहाव हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । साथै स–साना नदी तथा तटीय क्षेत्रमा पनि सतर्कता अपनाउन विभागको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077