Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सन्दीपले इन्टरनेशनल लिग टी-२० क्रिकेट डिजर्ट भाइपर्सबाट खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले इन्टरनेशनल लिग टी-२० क्रिकेट प्रतियोगिता डिजर्ट भाइपर्सबाट खेल्ने भएका छन्।

लान्सर क्यापिटलको स्वामित्वमा रहेको डिजर्ट भाइर्पसले शुक्रबार लिगका लागि १४ विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ। जसमा सन्दीपसहित टम कुरान, शेल्डन कट्रेल, साम बिलिङ्स, वानिन्दु हसरंगा, बेन डकेट, एलेक्स हाल्सलगायत खेलाडी छन्।

इमिरेट्स क्रिकेट बोर्डको आयोजनामा हुन लागेको पहिलो संस्करणको इन्टरनेशनल लिग टी-२० क्रिकेट प्रतियोगितामा सन्दीप यसअघि नै मार्की खेलाडीको रुपमा अनुबन्ध भएका थिए।

त्यसबाट उनलाई भाइपर्सले लिएको हो। यो प्रतियोगिता आगामी वर्ष जनवरी ६ देखि फेब्रुअरी १२ सम्म आयोजना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077