Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कमल थापा भन्छन् - राजसंस्था, हिन्दूराष्ट्र र संघीय प्रणाली खारेजी हाम्रो मुद्दा हो

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दू राष्ट्र राजसंस्थाको एजेन्डा आफूहरुको भएकाले अरुले दाबी गर्न नमिल्ने बताएका छन् । ललितपुरको जावलाखेलमा जुलुसपछिको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् ।

‘राप्रपा नेपालका २५ सदस्यले संविधानसभामा जोडबल गरेर अपरिवर्तनीय संविधानको प्रारम्भिक मस्यौदालाई परिमार्जन गराई संविधानभित्रैबाट राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापनाको बाटो र ३ तहको संघीय प्रणालीको खारेजी गर्ने संवैधानिक मार्गप्रशस्त गराएको हो,’ उनले भने, ‘यसका लागि हामीबाहेक अरू कसैको दाबी गर्ने आधार छैन ।’

संविधानलाई परिवर्तनीय गराउने महत्वपूर्ण काम राप्रपा नेपालले गराएको हो भन्दै अध्यक्ष थापाले आउँदो चुनावमा राप्रपा नेपालका उम्मेदवारहरूलाई मत दिन ललितपुरका जनसाधारणलाई आग्रह गरेका छन् ।

राप्रपा नेपालले महँगी, भ्रष्टाचार, लुटतन्त्र र बेरोजगारीको अन्त्यको जोडदार माग गर्दै ललितपुरमा जुलुस प्रदर्शन गरेको थियो । ललितपुर जिल्ला कार्य समितिको आयोजनामा शनिबार लगनखेलबाट निकालिएको जुलुस जावलाखेलमा पुगेर आमसभामा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077