Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पाकिस्तानमा घरको छाना खस्दा १३ जनाको मृत्यु, पाँच घाइते

एजेन्सी । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा वर्षाका कारण घरको छत खस्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ । भने अन्य कैयौँ घाइते भएका छन् ।

लगातारको वर्षाका कारण घरको छाना खस्दा यस प्रान्तको खैरपुर जिल्लाको उपनगरीय गाउँमा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारी मनसुन वर्षाका कारण सिन्धको लारकाना जिल्लामा थुप्रै घरको छत खस्दा अन्य आठ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्।

भारी वर्षाका कारण उद्धार कार्य निकै कठिन भएको उद्धार सेवाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077