Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

महोत्तरीका मिटरब्याजी अनिरुद्ध पक्राउ

महोत्तरी । मिटरब्याजी अनिरुद्ध साहलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले साहलाइ शनिबार राति आफ्नै घरबाट पक्राउ गरेको हो ।

दर्जनौँ व्यक्तिले उजुरी दिएपछि उनी फरार रहेका थिए। अनिरुद्धमाथि चर्को ब्याजमा ऋण लगानी तथा ठगी जालसाजी गरी दर्जनौँ व्यक्तिको सम्पत्ति हडपेको आरोप छ।

उनले गैरकानुनी रूपमा चर्को ब्याजदरमा महोत्तरी, धनुषा, सर्लाहीलगायतका विभिन्न जिल्लाका गरिब तथा विपन्नलाई ठगी गरेको आरोप छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077