Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गठबन्धन पछिसम्म जान्छ कि जाँदैन भन्ने कुरा भन्न सकिँदैन : झलनाथ खनाल

भैरहवा । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पाँचदलीय गठबन्धन नै दृढतापूर्वक अगाडि बढ्ने र निर्वाचनमा जाने बताएका छन्।

आइतबार भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा समाजवादी प्रेस संगठन रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले गठबन्धन नगरी एक्लै हिंड्ने दलको असफलता अनिवार्य रहेको बताए। खनालले अहिलेको गठबन्धन राजनीतिक गठबन्धन भएको र यो एउटा विशिष्ट उद्देश्य प्राप्तिका लागि बनेको बताए।

तर, गठबन्धन पछिसम्म जान्छ कि जाँदैन भन्ने कुरा अहिले नै भन्न सकिने अवस्था भने नरहेको उनले प्रतिक्रिया दिए।

उनले भने, ‘निर्वाचनपछि संसदमा कसको कस्तो उपस्थिति हुन्छ, त्यही अनुसार गठबन्धन रहने–नरहने हुनसक्छ। ’

खनालले वैचारिक, राजनीतिक, सैद्धान्तिक र संगठनात्मक कार्यदिशा नमिलि तत्काल वाम एकता नहुने पनि प्रष्ट्याए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077