Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बुटवलमा खर्च घटाउन कर्मचारीको इन्धन र मोबाइल खर्चमा कटौती

काठमाडौँ । बुटवल उपमहानगरपालिकाले नगरको खर्च घटाउन कर्मचारीहरूलाई उपलब्ध गराइँदै आएको इन्धन र मोबाइल खर्चमा कटौती गर्ने निणर्य गरेको छ ।

आइतबार बसेको उपमहानगरको कार्यपालिकाको बैठकले कर्मचारीहरूलाई प्रदान गरिँदै आएको सेवा सुविधामा कटौती गरेको उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले जानकारी दिए ।

नगरप्रमुख खेलराज पाण्डेयको अध्यक्षतामा बसेको बैठकले वार्षिक कार्यसञ्चालन तालिका स्वीकृत गरेको छ । बैठकले स्वीकृत गरेको वार्षिक कार्यसञ्चालन तालिका अनुसार मंसिरभित्र उपभोक्ता समितिसँग सम्झौता गर्ने र माघभित्रै ठेक्का प्रक्रियाबाट सञ्चालन हुने योजनाहरूको सम्झौता गरिनेछ ।

यस्तै, बैठकले लुम्बिनी बस टर्मिनलको आय ठेक्काको न्यूनतम अंक तोक्ने, आर्थिक कार्यसञ्चालन निर्देशिका २०७८ संशोधन गर्ने, वार्षिक खरिद योजना स्वीकृत गर्ने र कर्मचारी विधेयक २०७९ लोकसेवा आयोगसँग परामर्श गरी अघि बढाउने निणर्य गरेको प्रवक्ता रानाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077