Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एटीएम फोडेर पैसा चोरी गर्ने अनिस पक्राउ

काठमाडौं । एनएमबी बैकको एटीएम मेसिनबाट पैसा चोरी गर्ने एक जना पक्राउ परेका छन् ।

गत असार ३ गते कास्कीको पोखरा महानरपालिका–३० अर्घौ चोकमा रहेको एनएमबी बैकको एटीएम बुथ फोडेर पैसा चोरी गर्ने पूर्वी नवलपरासी देवचुली नरपालिका–५ का २१ वर्षीय अनिस तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई भारत भागेर जाँदै गरेको अवस्थामा रुपन्देहीको बेलहियाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीलेजनाएको छ ।

प्रहरीले ग १० प २९६३ नम्बरको मोटरसाइकल र उनले प्रयोग गरेको हेलमेटको आधारमा पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077