Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बैंकिङ कसूर मुद्दाकी फरार सबिना थापा पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा नगरपालिका–१ घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका बस्ने २६ वर्षीया सबिना थापा रहेकी छन् ।

उच्च अदालत पाटनले २०७९ असार ७ गते उनलाई बैंकिङ कसूर मुद्दामा ३ दिन कैद र १२ लाख रूपैयाँ जरिवाना ठहर गरेको थियो । त्यसपछि फरार रहेकी उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–४ धुम्बाराहीबाट पक्राउ गरेको हो ।

थापाले आफ्नो खातामा प¥याप्त मौज्दात रकम नभएको एनआईसी एशिया बैंक लिमिटेड भक्तपुर ठिमीमा रहेको उनको बैंक खाताबाट दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई कैद भुक्तानका लागि कारागार कार्यालय सुन्धारा काठमाडौंमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077