Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

राधाकृष्ण रथयात्रामा शंकास्पद गतिविधि र चोरी गर्ने ५९ जना पक्राउ

मोरङ । विराटनगरमा निकालिएको राधाकृष्ण रथयात्रामा चोरी र शंकास्पद गतिविधिमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।

रथयात्राका क्रममा भएको भीडभाडको फाइदा उठाउँदै चोरी र शंकास्पद गतिविधि गरेको आरोपमा मोरङ प्रहरी ५९ जनालाई पक्राउ गरेको हो ।

रथयात्राका क्रममा भएको भीडभाडको मौका छोप्दै चोरी, झैझगडा, हुलहुज्जत, मादक पदार्थ सेवन, अवाञ्छित र शंकास्पद गतिविधि गर्नेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेकाहरु सबै पुरुष हुन् । पक्राउ परेकाहरु १८ देखि ३० वर्ष उमेर समूहका छन् ।

रथयात्रामा सहभागी भएकाहरुले सुनको सिक्री, मोबाइल चोरी भएको प्रहरीमा उजुरी दर्ता गराएका छन् । पक्राउ परेकामध्ये केहीको साथबाट सुनका सिक्री र मोबाइलसमेत फेला परेको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077