Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मृत्यु भएको मान्छेलाई 'जीवित' गराएको भिडियो भाइरल, अनुसन्धान गर्दै प्रशासन

काठमाडौं । मृत्यु भएको भनिएको व्यक्तिलाई पुनः जीवित गराइएको भन्दै सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बनेको छ। बुटवलको एक चर्चमा खिचिएको उक्त भिडियोमा विवेक सत्याल नामको फेसबुक प्रयोगकर्ताले सार्वजनिक गरेका छन् ।

भिडिओमा भुइँमा सुतेकी महिलालाई चर्चका पास्टरले केही शब्दहरू भन्दै हातले तानेर उठाएको देखिन्छ। भिडिओमा बुटवलको होली क्यालभरी चर्चका पास्टरले मृत व्यक्तिलाई पुनः जीवित गराएको भनिएको छ।

भिडिओमा पास्टर भनिएका राजेन्द्र गोतामेले ‘प्रभु यशुको प्रभावले मृत्यु भएकी महिलालाई पुनः जीवित गराएको’ भन्दै यशुलाई धन्यवाद दिन भनेका छन्।

भिडिओ सार्वजनिक भएपछि रूपन्देही जिल्ला प्रशासन कार्यालयले त्यसबारे अनुसन्धान गर्ने भएको छ। त्यसरी भ्रम फैलाउनु दण्डनीय भएको बताउँदै रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले त्यसबारे थप अनुसन्धान अघि बढाउने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077