Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एक महिनामा ८८ जना फरार अपराधी पक्राउ

काठमाडौं । प्रहरी परिसर काठमाडौंले एक महिनामा ८८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

अदालतबाट फैसला भएर ११ वर्ष ७ महिना २८ दिन कैद भुक्तान गर्न बाँकी रहेका ८८ जनालाई पक्राउ गरेर फैसला कार्यान्वयनका लागि अदालत पठाएको परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले जानकारी दिए ।

उनका अनुसार साउन महिनाको १ गतेदेखि ३१ गतेसम्म उनीहरू पक्राउ गरिएको हो ।

उनीहरुबाट ४१ लाख ९१ हजार ३३२ रुपैयाँ राजस्व असुल उपर गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077