Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कुलोको विषयमा कुटपिट हुँदा एकजनाको मृत्यु

    कुलोको विषयमा कुटपिट हुँदा एकजनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ६ भाद्र २०७९
  • 1.1K
    SHARES

    फाइल : तस्बिर

    कपिलवस्तु । कुलोको विषयमा कुटपिट हुँदा एकजनाको मृत्यु भएको छ ।

    जिल्लाको महाराजगन्ज नगरपालिका–२ पडरीयामा कुलोको विषयमा आज दिउँसो भएको कुटपिटबाट ६८ बर्षका अब्दुल जब्बारको मृत्यु भएको हो ।



    स्थानीय अब्दुल हक मुसलमान र उनका छोरा २० वर्षको सम्सुद मुसलमानले धुनिया र ३८ वर्षका अब्दुल रहमानलाई कुटपिट गरेका थिए ।



    कुटपिटबाट घाइते धुनियाको जिल्ला अस्पताल तौलिहवामा उपचार भइरहेकोमा सोमबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न बाबु छोरालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार