सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा २० वर्षदेखि प्रहरीको फरार सुचीमा रहेका एक अभियुक्त पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बहुविवाह मुद्दामा एक महिना कैद र एक हजार जरिवाना तोकिएका मेलम्ची नगरपालिका वडा नम्बर ११ बस्ने वर्ष ४३ का फरार रामकृष्ण भन्ने टिकादत्त दुलाल रहेका छन् ।
उनलाई जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले २० वर्षपछि पक्राउ गरेको हो । अदालतले निजलाई लागेको कैद जरिवाना सजाय असुलका लागि जिल्ला कारागार चौतारा चलान गरेकोे प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए ।
यसैगरी बुढाथोकीले बहुविवाह मुद्दामा एक वर्ष कैद र पाँच हजार जरिवाना तोकिएका पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ५ बस्ने वर्ष २७ कि निरमाया तामाङलाई समेत पक्राउ गरी कैद जरिवाना असुलका लागि जिल्ला कारागार चौतारा चलान गरिएको छ ।